झापामा धारिलो हतियार प्रहार गरी युवकको हत्या, आरोपी फरार

   १ पुष २०७८, बिहीबार १६:३९  

१ पुस, रौतहट । धारिलो हतियार प्रहार गरी झापामा एक युवकको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको दमक नगरपालिका ६ स्थित घिमिरे बजारमा बुधबार बेलुकी ७ बजेतिर अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक नगरपालिका २ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

अज्ञात व्यक्तिको हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको कार्कीले जनाए । हाल घटनामा संलग्न व्यक्ति पक्राउ परेका छैनन् ।

यस घटनाबारे अनुसन्धान सुरु भएको र घटना पश्चात् फरार भएको आरोपीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।