कौशल्टारबाट ५ जुवाडे पक्राउ
२० मंसिर, रौतहट । कौशल्टारबाट ५ जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका ३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १० घर भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति नै प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुको साथबाट ३४ हजार रुपैयाँ र १ बुक तास समेत बरामद गरिएको छ । उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






