आज थपिए २०५ संक्रमित, ४३६ कोरोनामुक्त

   १९ मंसिर २०७८, आईतवार १६:२६  

१९ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १० हजार ७ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २०५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा ४ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या ८ लाख ४ हजार ५ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, यो अवधिमा थप १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

नेपालमा हाल ६ हजार ५०७ जना सक्रिय संक्रमित छन् ।