स्रोत नखुलेको ६९ लाखसहित एक जना पक्राउ
१९ मंसिर, रौतहट । बिइङ ह्युमनका म्यानेजरलाई प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महानगरपालिका १ दरवारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेको प्रहरीले जनाएको छ ।
खनालको साथबाट १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोलासमेत प्रहरीले बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो ।
आवश्यक अनुसन्धानको लागि पक्राउ परेका खनाललाई अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।






