श्रीमान् को निर्घात कुटाईबाट श्रीमतीको मृत्यु
१९ मंसिर, रौतहट । झापाको दमकमा श्रीमान् को निर्घात कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका १० का ४५ वर्षीय पति रामकुमार लिम्बुको निर्घात कुटापिटबाट ३९ वर्षीया घनादेवी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दम्पतीबीच घरायसी विवाद हुँदा लिम्बुले आफ्नै पत्नीलाई कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भीर घाइते घनादेवीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरोपी लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरेको छ ।






