राप्रपा महामन्त्रीमा रेखा पराजित

   १९ मंसिर २०७८, आईतवार १३:५३  

१९ मंसिर, रौतहट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेखा थापा पराजित भएकी छिन् ।

शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी भएकी हुन् ।

पदाधिकारीमा शाहीसहित अधिकांश थापापक्षका उम्मेदवार विजयी भएका छन् ।