सुनचाँदीको मूल्य वृद्धि
journey fortech
१९ मंसिर २०७८, आईतवार १२:०८
१९ मंसिर, रौतहट । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोलामा ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैबीच, आइतबार १० रुपैयाँले बढेर चाँदीको भाउ तोलामा १ हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । ,
गत शुक्रबार प्रतितोलामा १ हजार १ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।






