कारको ठक्करबाट वृद्धको मृत्यु हुँदा कञ्चनपुर राजमार्ग अवरुद्ध
१९ मंसिर, रौतहट । भारतीय नम्बरको कारको ठक्करबाट कञ्चनपुरमा एक पैदल यात्रीको मृत्यु हुँदा स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका २ को बंकमा आज बिहान ६ः३० बजेतिर दुर्घटना हुँदा सोही स्थानका ७२ वर्षीय तारा नाथको मृत्युु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बिहान मर्निङ वाकका लागि राजमार्गमा निस्किएका वृद्ध तारा नाथको DL1ZC4754 नम्बरको कारको ठक्करबाट घटनास्थलमै मृत्युु भएको हो । दुर्घटनापछि फरार भएका कार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय र आफन्तले बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन् ।






