आज थपिए २४६ संक्रमित, मृतकको संख्या शून्य
१७ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार ८ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ४६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा थप ३ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी, नेपालमा सात महिनापछि कोरोना संक्रमणको कारण आज ज्यान गएको छैइन् । तर, हालसम्म देशभर ११ हजार ५ सय ३५ जनाले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
हाल नेपालमा ६ हजार ९ सय २१ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






