ठगी आरोपमा दुई जना पक्राउ

   १७ मंसिर २०७८, शुक्रबार १४:३४  

१७ मंसिर, रौतहट । एक करोड २२ लाख ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

ठगी अभियोगमा कास्की पोखरा महानगरपालिका १० घर भएको ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका १३ ताहाचलका २८ वर्षीय रोजन भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीले भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका ९ एयरपोर्टबाट हिरासतमा लिएको हो ।

प्रहरीका अनुसार भण्डारी र भुजेलले फेसबुकमार्फत आफूहरु मलेसियामा डा।बेन्जामिन फ्रान्कलिन नामक व्यक्तिबाट ठगिएको भन्दै पीडितलाई भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, र भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत नगद पठाउन लगाइ ठगी गरेको खुलेको छ ।

अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय प्रहरीले जनाएको छ ।