राप्रपा महामन्त्रीमा अभिनेत्री रेखा थापाको उम्मेदवारी
१७ मंसिर, रौतहट । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महामन्त्रीको पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
काठमाडौंमा जारी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको आज (शुक्रबार) तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज उम्मेदवारी दर्ता प्रक्रिया चलिरहँदा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
शुक्रबार बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएकी रेखा थापा अध्यक्षका एक उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
रेखाले २०७० सालमा तत्कालीन माओवादी पार्टीसँग जोडिएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी थिइन् । तर २०७३ मंसिरमा उनी कमल थापा नेतृत्वको तत्कालीन राप्रपामा प्रवेश गरिकी हुन् ।






