उपचाररत प्रधानन्यायाधीश जबरा आज अस्पतालबाट डिस्चार्ज
१७ मंसिर, रौतहट । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा उपचार पश्चात् आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमित भएकापछि जबरा सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका लागि भर्ना भएका थिए ।
निमोनिया समेत भएपछि अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा न्याय सम्पादनका काम प्रभावित भएको हो ।






