नेपालमा थपिए ३१६ संक्रमित, ३ जनाको मृत्यु

   १५ मंसिर २०७८, बुधबार १६:४१  

१५ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार ७ सय २७ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ३ सय १६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, यो अवधिमा थप २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस (कोभिड १९)को कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।