दोलखामा नाबालकसहित दम्पती मृत फेला

   १५ मंसिर २०७८, बुधबार १५:०९  

१५ मंसिर, रौतहट । दोलखामा आज बिहान एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा थानीय २७ वर्षीय श्याम तामाङ, उनकी पत्नी २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा नाबालक समेत मृत अवस्थामा भेटिएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए ।

मृतकको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर तीनै जनाको मृत्यु हुनेसक्ने आशंका गरिएको रिजालले जनाए । तर, हाल मृत्युको कारण खुल्लन सकेको छैन् । पोष्टमार्टमका लागि मृतकहरुको शव पठाइएको छ ।

रिपोर्टबाट पनि मृत्युको कारण खुल्ने छ । घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।