कास्कीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

   १४ मंसिर २०७८, मंगलवार ११:०१  

१४ मंसिर, रौतहट । कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

भैरहवादेखि बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस अन्नपूर्ण गाउँपालिका वडा ३ पाउदुर घुम्तीमा आज बिहान ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको बस चालक पाल्पाका ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । घाइते खनाललाई उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याएपनि बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुँदा विभिन्न जिल्लाका ८ जना घाइते भएका छन् । घुम्तीबाट बस ३० मिटर तल स्थानीय जुमकाजी विकको गोठ, भान्साघर र ट्वाइलेटमाथि खसेको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।