सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य कति

   १३ मंसिर २०७८, सोमबार १२:३३  

१३ मंसिर, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन (सोमबार) सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसैबीच, आज चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । चाँदीको कारोबार आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार हुने भइरहेको महासंघले जनाएको छ । यसअघि आईतबार चाँदीको कारोबार तोलामा १ हजार २ सय १० रुपैयाँमा भएको थियो ।