एमाले अध्यक्ष पदमा ओलीले गराए उम्मेदवारी दर्ता
१३ मंसिर, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनको सौराहामा जारी नेकपा एमालेको १० औँ महाअधिवेनमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दर्ता गराएपछि ओलीले उम्मेदवारी जनाएका छन् । नेकपाका अध्यक्ष ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समेत समर्थन गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आइतवार राति अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका छन् ।






