विराटनगरबाट एक नक्कली प्रहरी पक्राउ
१२ मंसिर, रौतहट । विराटनगरबाट एक नक्कली प्रहरी पक्राउ परेका छन् । प्रहरीको ‘घुमुवा हुँ’ भन्दैँ लागूऔषध प्रयोगकर्ताहरुसंग पैसा उठाउँदै हिडेको एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको जोगवनीतिर जदैँ गरेका विभिन्न व्यक्तिहरुसँगै पैसा उठाएको आरोपमा विराटनगर महानगरपालिका १२ बस्ने ३१ वर्षीय पुष्पराज चेम्जोङलाई हिरासतमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार नेपाल प्रहरीको नाम बेच्दैँ प्रहरीको नक्कली घुमुवा जवान बनेर विभिन्न व्यक्तिहरुसंग उनले ३ लाख रुपैयाँ समेत मागेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
नक्कली प्रहरी बनेको र अभद्र व्यवहार गरेको मुद्दामा जिल्ला अदालतबाट आज म्याद थप अनुमति लिने तयारी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चेम्जोङलाई ईलाका प्रहरी कार्याल्य रानीको हिरासतमै राखी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






