आमाको हत्या आरोपमा छोरा पक्राउ

   ११ मंसिर २०७८, शनिबार ११:२१  

११ मंसिर, रौतहट । आमाको हत्या आरोपमा पाल्पाबाट छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

दाउरा हानेर आमाको हत्या गर्ने पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सारुले आफ्नै आमा ६२ वर्षीया मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मादक पदार्थ सेवन गरि उनले आफ्नै आमालाई दाउराले प्रहार गरी हत्या गरेको सूचना पाएलगत्तै आरोपीलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।