आप थपिए ३०८ संक्रमित, ३ जनाको मृत्यु

   १० मंसिर २०७८, शुक्रबार १६:२६  

१० मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७ सय ९ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप २ सय ९८ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख १ हजार ४ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप ३ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५ सय १६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको कुल संख्या ७ हजार ३ सय ४९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।