सप्तरीमा एक वृद्धको शव फेला

   ९ मंसिर २०७८, बिहीबार ११:३४  

९ मंसिर, रौतहट । सप्तरीमा एक वृद्धको हत्या भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ बस्ने ७६ बर्षीय मिश्रीलाल मण्डलको बुधबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको फुलबारीमा शव फेला परेको थियो । हिजो बिहान १० बजेतिर सखडा बजारतिर उनी निस्केका थिए । गाउँ नजिकैको फुलबारीमा शव देखेपछि, स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

शव फेला परेको खबर प्राप्त भएलग्तै प्रहरी टोली त्यसतर्फ गइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।