बाबा रामदेवले गरे नेपालमा टेलिभिजन उद्घाटन
३ मंसिर, रौतहट । भारतीय बाबा रामदेवले आज नेपालमा दुई टिभीको उद्घाटन गरेका छन् ।
नेपालीहरुलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबाहदुर देउवा र बाबा रामदेवको सहभागीतामा टेलिभिजनको उद्घाटन भएको छ ।
रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् । तर, उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी ओली सहभागी भएका छैनन् ।






