आज चन्द्रग्रहण; नेपाली आकाशबाट नदेखिने
३ मंसिर, रौतहट । कार्तिक शुक्ल पूर्णिमाका दिन आज ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्रग्रहण हुने भएको छ ।
यस पलटको चन्द्रग्रहण एक विशेष संयोग ल्याएको भारतका ज्योतिषार्चाय पण्डितमनिस शर्माले जनाएको भारतीय सामाचारमा उल्लेख गरिएको छ ।
तर, यो नेपाली पात्रोहरुमा भने राखिएको छैन् ।
आंशिक रूपमा लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने भएका नेपाली पात्रोहरुमा लेखिएको छैनन् । कात्तिक प्रर्णिमाका दिने लाग्ने चन्द्रग्रहण नेपाली समयानुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ । नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल समितिले जनाएको छ।
एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देखिने छ ।






