खैरो हेरोइनसहित कैलालीबाट युवक पक्राउ
२९ कात्तिक, रौतहट । लागूऔषधसहित कैलालीबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो गौरीगंगा नगरपालिका ९ शंकरपुरबाट लम्कीचुहा नगरपालिका १ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मसुरिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको टोलीले सवारी चेक जाँच गर्ने क्रममा करिब १० ग्राम अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तुसहित निजलाई हिरासतमा लिएको हो ।
पक्राउ परेको पहाडीमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






