काठमाडौँबाट एयर गनसहित युवक पक्राउ
२८ कात्तिक, रौतहट । एयर गनसहित काठमाडौँको थापाथलीबाट एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली घर भई काठमाडौँ महानगरपालिका ११ थापाथली डेरा गरी बस्ने २१ वर्षीय जितेन्द्र नाथलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले शनिबार साँझ नाथको कोठा तलासी गर्दा एयर गन बरामद भएको महानगरीय प्रहरीले जानकारी दिए ।
उक्त गनसहित पक्राउ परेको नाथामथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






