श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
२२ कात्तिक, रौतहट । श्रीमतीको हत्या गरेर जङ्गलमा फालेको आरोपमा कपिलवस्तुबाट एक जना पक्राउ परेका छन् ।
महाराजगंज नगरपालिका वडा नम्बर ११ स्थित बाबा बनगाईका ४५ वर्षीय राम केवल लोनियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमती लोनियाकी श्रीमती चिन्का लोनियाले परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै दम्पतीबीच विवाद भएको थियो ।
उनीहरुबीच भएको विवादका कारण लोनियाले आफ्नी पत्नीलाई गत भदौ १५ गते हत्या गरी बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित चम्पापुर कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा फालेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार मृतक चिन्का लोनियाको सामुदायिक जंगलमा कंगल फेला परेको थियो । घटना पश्चात् फरार रहेका लोनियालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






