तिहार लगत्तै सुनचाँदीको मूल्य वृद्धि

   २२ कार्तिक २०७८, सोमबार ११:५३  

२२ कात्तिक, रौतहट । तिहारपछि आज पहिलोपटक बजार खुलेलगतै नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १८ गते ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर सोमबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज तोलामा ९२ हजार तोकिएको महासंघले जनाएको छ ।

त्यसैगर, तोलामा २५ रुपैयाँ बढेर चाँदीको कारोबार आज १ हजार २ सय ५० रुपैयाँमा भइरहेको छ ।