मोरङबाट गाँजासहित एक महिला पक्राउ
१० असोज, रौतहट । मोरङबाट लागूऔषधसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ किलो गाँजासहित विराटनगर महानगरपालिका १४ जतुवा की २५ वर्षीया आरती देवीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले शनिबार दिउँसो आरतीको घरमा तलासी गर्दा उक्त लागूऔषध गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी आरती देवीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






