बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
८ असोज, रौतहट । मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा को १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ करिब ६ः१५ बजेतिर मोरङकै बेलबारी नगरपालिका ८ बस्ने ५१ वर्षीय देवेन्द्र पन्तलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएको पन्तलाई उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतलमा राखिएको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






