सरकारले तबल भत्ता र पेन्सन बाहेकको बजेट भदौँ २६ गतेसम्म भुक्तानी नगर्ने
२४ भदौँ, रौतहट । प्रतिस्थापन अध्यादेश नआउँदासम्म तलब, भत्ता र पेन्सन बाहेकका भुक्तानी नगर्ने सरकारले निर्देशन दिएको छ ।
आज महालेखा नियन्त्रकका कार्यालयले एक विज्ञप्ती जारी गर्दै तलब, भत्ता र पेन्सन बाहेक कुनै पनि शिर्षकमा भुक्तानी नगर्ने निर्देशन दिएको हो ।
महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको निर्देशनमा “आर्थिक वर्ष २०७८र०७९ को सरकारको बजेट रकम निकाशा सम्बन्धमा तलब भत्ता र निवृतिभरण बाहेकको कुनै पनि बजेट निकासा २०७८ भदौ २४ गतेदेखि २०७८ भदौ २६ गतेसम्म नगर्नु नगराउनु हुन साथै यस अवधिमा निकाशा भइ बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धीत निकाशा माग गर्ने र निकाशा गर्ने अधिकारी नै जिम्मेवार हुने व्यहोरासमेत निर्णयअनुसार अनुरोध गरिन्छ,” गरिएको छ ।






