एमसीसीविरुद्ध प्रदर्शन गर्ने युवाहरु पक्राउ

   २२ भाद्र २०७८, मंगलवार १३:२०  

२२ भदौँ, रौतहट । आज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसीको विरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझन एमसीसीकी अध्यक्ष फतिमा सुमार आज नेपाल आउँने भएसंगै विमानस्थलमा विरोध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विरुद्ध प्रदर्शन गर्ने एमसीसी खारेज राष्ट्रिय अभियान, माक्र्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले एमसीसीका विरूद्ध नाराबाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।