दाईको हत्या आरोपमा भाइ पक्राउ

   २१ भाद्र २०७८, सोमबार १०:५६  

२१ भदौँ, रौतहट । आफ्नै दाईको हत्या आरोपमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

५० वर्षीय भात्रु राजवंशीलाई मारतोलले टाउकोमा प्रहर गरी हत्या गरेको अभियोगमा कचनकबल गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय रतन राजवंशीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

घटनापछि मृतकको छोराले प्रहरीमा खबर गरेको थियो । हत्या भएको सूचना प्राप्त हुनसाथै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फरार भएका निजलाई मेचीनगर वडा नमबर १५ बाट आइतबार राति ९ बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

रतनले बिर्तामोड ४ स्थित लिटिल फ्लावर स्कुल छेउमा खेम प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए ।