झापामा लहरीको ठक्करबाट महिलाको मृत्यु
२० भदौँ, रौतहट । लहरीको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
झापाको शिवसताक्षीमा मालवहाक लहरीको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको प्रहरले जनाएको छ ।
शनिबार बेलुकी करिब ७ बजेतिर झिलझिले पश्चिम बस स्टेन्ड नजिकै राजमार्गमा प्रदेश २ को ०३-००१ख ४२३० नम्बरको लहरीले किचेर स्थानीय वडा नम्बर ८ की ३८ वर्षीया सुनिमा राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिए ।
लहरी र चालकलाई हिरासतमा लिई थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






