मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा

   २० भाद्र २०७८, आईतवार ११:२१  

२० भदौँ, रौतहट । मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । कोरोनाको जोखिम मध्येनजर गर्दै लामो समयदेखि बन्द भएको केबलकार आईतबारदेखि सञ्चालनमा आएको हो ।

केबलकार पुनः सञ्चालनमा आएपनि मन्दिर बाहिरबाटै पूजा गर्ने, अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।

दर्शनका लागि आएका भक्तजनलाई बाहिरबाटै पूजा गर्ने व्यवस्था गरिएको छ ।