रुखबाट लडेर एक वृद्धको मृत्यु
२० भदौँ, रौतहट । महोत्तरीमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको जलेश्वर नगरपालिका ३ खैरागाउँका ६२ वर्षीय खोबारी खानको रुखबाट लडेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै बारीको रुखको हाँगा काट्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए ।
घाइते खानलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको विष्टले जनाए ।






