आज थप १ हजार २६८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

   १९ भाद्र २०७८, शनिबार १७:१०  

१९ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ७ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ हजार २४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यसैगरी ३ हजार १ सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बितेको २४ घण्टामा २ हजार १ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।