नेपालगञ्ज विमानस्थलबाट ४ किलो सुनसहित दुई पक्राउ
१९ भदौँ, रौतहट । नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो ३ बजेतिर विमानस्थलबाट झापा खुदुनाबारी बस्ने २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २६ वर्षीय बुद्धिमान खातीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट श्री एयरबाट नेपालगञ्ज विमानस्थलमा उत्रिएका दुवै जनालाई चेक गर्दा उनीहरुले लगाएको जुत्ताको दायाँ-बायाँ तल्वा र झोलामा लुकाएर राखेको अवस्थामा सुन फेला परेको प्रहरीले जनाए ।
४ किलो २१ ग्राम सुनसहित पक्राउ गरेको दुवै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको नेपालगञ्ज प्रहरीले जनाएको छ ।






