सिरहामा एक पुरुषको शव फेला

   १९ भाद्र २०७८, शनिबार १४:३६  

१९ भदौँ, रौतहट । सिरहामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको गोलबजार नगरपालिका ४ निपनियाँ बस्ने ४० वर्षीय दुखरण महराको शव भारतको विहार मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजिकै पानिमा भेटिएको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला परेको महराको धारिलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिमामा बेवारिसे अवस्थामा शव देखेपछि, मृतकको पकेटबाट भेटिएको डायरीमा लेखिएको नम्बरको आधारमा उनी नेपाली हुन्, भने थाहा भएसंगै भारतीय जवानले नेपाल प्रहरीसंग समन्वय गरेको थियो ।

मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ । मृतक महराको एक पत्नी, ३ छोरा र एक छोरी रहेको जनाएको छ ।