मोरङबाट लागूऔषध सहित दुई जना पक्राउ
१७ भदौँ, रौतहट । मोरङबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको रतुवामाई नगरपालिका २ घरु चोकबाट उर्लाबारी नगरपालिका ५ बस्ने २३ वर्षीय समिर मगरसहित दुई जनालाई बुधबार राति नै हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले सवारी चेक जाँच गर्ने क्रममा मे।१ ह ३१७२ नम्बरको ट्याम्पोलाई रोकी चेक गर्दा दुवै जनाको साथबाट लागूऔषध ५ सय ट्याब्लेट स्पासपेन र १ हजार ट्याब्लेट ट्रामाडो बरामद भएको प्रहरीले बताए ।
ट्याम्पो चालक मगर सहित पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






