पर्सामा एक संक्रमित पुरुषको मृत्यु

   १७ भाद्र २०७८, बिहीबार १३:३२  

१७ भदौँ, रौतहट । कोरोना संक्रमणका कारण पर्सामा एक जनाको मृत्यु भएको छ ।

कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेमा पोखरीया नगरपालिका १ बस्ने ३३ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि, उपाचरको लागि उनी यही भदौ १० गते नारायणी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएकैदिन पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित पुरुषको उपचारको आज बिहानै १ः४५ बजेतिर सिंहले जानकारी दिए । मृतकको फोक्सो लगभग ९० प्रतिशत खराब भइसकेको र रगतमा पनि संक्रमणको लक्षण देखिएकाले उनका स्वास्थ्य अवस्थामा सुधार नभई आज मृत्यु भएको उनले बताए ।