निर्घात कुटपिटबाट सिरहामा एक महिलाको मृत्यु

   १६ भाद्र २०७८, बुधबार १४:२२  

१६ भदौँ, रौतहट । निर्घात कुटपिटबाट सिरहामा एक महिलाको मृत्यु भएको छ ।

घरायसी विवादका कारण आज बिहान दुई परिवारबीच झगडा हुँदा जिल्लाको कल्याणपुर नगरपालिका ९ डुमरीका ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको हो ।

सामान्य विावद हुँदै झगडा चर्केपछि, निर्घाट कुटपिटका कारण भालसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । कुटपिटबाट महिलाको मृत्यु भएको खबर प्राप्त हुनसाथै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनामा संलग्न भएका जयकुमारलाई हिरासतमा लिएको छ, भने श्रीदेव फरार भएका हुन् ।

हाल मृतकको शव परीक्षणका लागि लहानस्थित राजकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको सिरहा प्रहरीले जनाएको छ । घटना पश्चात् भाग्न सफल भएको श्रीदेवको खोजी सुरु भएको छ ।