खनाललाई भेट्न डल्लु पुगे प्रचण्ड

   १६ भाद्र २०७८, बुधबार १०:५४  

१६ भदौँ, रौतहट । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न आज बिहान प्रचण्ड डल्लु पुगेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान खनालसंग भेटेर उनका स्वास्थ्य लाभको कामना गरेका हुन् ।

झलनाथ खनाल र प्रचण्डबीच आज भएको भेटवार्तामा कुनै राजनीतिक विषयमा कुरा नभएर खनालको स्वाथ्यकै बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि, गत असार २ गते उनी भारतको दिल्लीमा मिर्गाैला प्रत्यारोपण गराउन गएका थिए । उपचाररत खनालको स्वास्थ्यमा सुधार भएसंगै उनी यही भदौँ १४ गते सोमबार स्वदेश फर्किएका हुन् ।