करणी गर्न प्रयास गरेको आरोपमा वडाध्यक्षविरूद्ध उजुरी

   १५ भाद्र २०७८, मंगलवार १५:२९  

१५ भदौँ, रौतहट । जबरजस्ती करणी गर्न प्रयास गरेको भन्दैँ सर्लाहीमा वडाध्यक्षविरुद्ध उजुरी परेको छ ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष श्याकुमार यादवविरुद्ध बलात्कार गर्न प्रयास गरेको आरोपमा एक महिलाले उजुरी दिएको प्रहरीले जनाएको छ ।

यही भदौँ ५ गते (शनिबार) राति आफ्नो घरमा प्रवेश गरी जबरजस्ती गर्न प्रयास गरेको भन्दैँ यादवकै छिमेकीले उनीविरुद्ध जाहेरी जनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

पीडित महिलाले दिएकी उजुरीको आधारमा आरोपी यादवलाई हिरासतमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।