हत्या आरोपमा एक जना पक्राउ
१५ भदौँ, रौतहट । लमजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको राइनास नगरपालिका वडा नम्बर ९ साततले नजिकै सग्रबासमा २२ वर्षीय सुदिन आलेमगरको हत्या अभियोगमा २४ वर्षीय सुरज थापालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार सोमबार राति करिब ८ः३० बजेतिर आलेमगरमाथि भएको खुकुरी प्रहारबाट टाउको र हातमा गम्भीर चोट लागेरको कारण उनी गम्भीर घाइते भएका थिए । घाइते मगरलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पोष्टमार्टमको लागि मृतकको शव चितवन अस्पतालमै राखिएको छ ।
हत्या आरोपमा आज बिहान पक्राउ परेको थापामाथि घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






