एसिड ओसारपसार गर्ने तीन जना पक्राउ
१५ भदौँ, रौतहट । पोखराबाट प्रहरीले तीन जनालाई एसिड ओसारपसार गरेको आरोपमा पक्राउ गरेको छ ।
अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गरेको अभियोगमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, बाग्लुङका बल बहादुर बिक र मोरङका केशव सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–४ स्थित गैह्रापाटनबाट प्रहरीले ग.३ च ११४३ नम्बरको जिप चालक चितवन बस्दै आएका मिनबहादुर भारती र केशव सिंहको साथबाट १ हजार ३ सय ५० किलो एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार लेबलिङ नगरिएको र अनुमति नलिइकन एसिड ओसारपसार गरेको आरोपमा उनीहरुलाई हिरासतमा लिएको हो । पक्राउ पररेका तीनै जनामाथि यसबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






