नेपालमा थपिए २,२९५ संक्रमित, १६ जनाको मृत्यु

   १४ भाद्र २०७८, सोमबार १७:०८  

१४ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १६ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ हजार २ सय ९५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, बितेको २४ घण्टामा थप १ हजार ८ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएका हुन् ।

त्यस्तै, हाल नेपालमा ३५ हजार ८ सय ७४ कोरोना संक्रमित उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिए । जसमध्ये ५ सय ६८ जना संक्रमितहरु सघन कक्षमा उपचाररत रहेका छन्, भने १ सय ६० जना भेन्टिलेटरमा रहेका हुन् ।