कैलालीमा एक जनाको शव फेला

   १४ भाद्र २०७८, सोमबार १४:५२  

१४ भदौँ, रौतहट । कैलालीमा आज एक जनाको शव फेला परेको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा मनहरा नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको हो । मृतको हाल पहिचान हुन नसकेको प्रहरीले जनाए ।

मृत अवस्थामा भेटिएको शवको सनाखत गर्न आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।