खैरो हेरोइनसहित दुई जना पक्राउ

   १४ भाद्र २०७८, सोमबार १३:०७  

१४ भदौँ, रौतहट । लागूऔषधसहित काठमाडौँबाट २ जना पक्राउ परेका छन् ।

काठमाडौंबाट प्रहरीले लागुऔषधसहित धादिङको बेत्रावती गाउँपालिका वडा नम्बर ४ घर भएका गोकुल तामाङ र धनकुटाको खाल्सा सहिदभूमि गाउँपालिका वडा नम्बर ५ घर भएका राजकुमार राईलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ७५ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ ।
यही भदौँ ८ गते ब्यूरोको टोलीले ४।५ ग्राम खैरो हेरोइनसहित तामाङलाई हिरासतमा लिएको थियो । पक्राउ परेका उनीयसबारे अनुसन्धान गर्दा गोकुलको बयानका आधारमा धनकुटाका ३० वर्षीय राजकुमार राईलाई ब्यूरोको टोलीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

राईको डेरामा थप ७० दशमलव ५ ग्राम खैरो हेरोइन लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।