एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुई युवकको मृत्यु
१४ भदौँ, रौतहट । एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृतयु भएको छ ।
गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर स्याङजाका २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिका बस्ने २४ वर्षीय उमाकान्त बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
मनसुन सक्रिय भएसंगै निरन्तर भइरहेको अविरल वर्षाको कारणले पहिरोले रुख ढलेर तार छिनेको र बनाउने क्रममा विद्युत प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्टभएपछि, दुवै जना गम्भीर घाइते भएका थिए ।
घाइते भएका दुवै जनालाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको खड्काले बताए । पोष्टमार्टमका लागि उनीहरुको शव गजुरी अस्पतालमा राखिएको छ । यसबारे थप अनुसनधान सुरु भएको प्रहरीले जनाएको छ ।






