प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर

   १३ भाद्र २०७८, आईतवार १५:४०  

१३ भदौँ, रौतहट । प्रदेश नं. २ मा मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु यादवले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हादैँ आएको साहले आज अर्थ मन्त्रालयको कार्यभारको जिम्मेवारी पाएको बताए ।

यस्तै, यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिए ।
यसअघि यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन् ।

मन्त्रालयको जिम्मेवारी हेरफेर भएको पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।